वैद्यका संयोजक सँगै एमाले नेता माओवादीमा मिसिए
नेकपा एमाले बैतडीका नेता भरतबहादुर महरा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
एमाले जिल्ला कमिटी सचिवालय सदस्य पद त्यागेर उनी आज प्रचण्डको हातबाट खादा लगाई माओवादीमा मिसिएका हुन् । महरासहित मोहन वैध्य किरण नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका जिल्ला संयोजक नवराज पाण्डेसहित २ दर्जन नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) केन्द्रित जनतासँग माओवादी जनजागरण अभियानको उद्घाटन गर्न पाटन पुगेका माओवादी अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।
टिप्पणीहरू