सुशासन समितिकै बैठकमा ‘पेलपाल’

सुशासन समितिकै बैठकमा ‘पेलपाल’

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन,सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० मा सहमति जुटाएको छ । बिहान साढे ८ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको समितिको सभाहलमा बसेको बैठकले उक्त विधेयक पारित गरेको हो । 

सभापति रामहरि खतिवडाको सभापतित्वमा बसेको बैठकमा गृहमन्त्री रमेश लेखक,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको पनि उपस्थिति थियो । समिति सदस्यहरु राजेन्द्रप्रसाद पाण्डे, दिलेन्द्रप्रसाद बडु,चन्दा कार्कीलगायत सहभागी बैठकमा एकाएक चार जनाको समूह छिरेको बताइन्छ । उनीहरु एउटा पत्र समिति सदस्य तथा यसअघि गठित उपसमितिका संयोजक बडुलाई बुझाएर तत्काल बाहिरिएका थिए ।

बैठकमा एकाएक चार जनाको समूह छिरेको बताइन्छ । उनीहरु एउटा पत्र समिति सदस्य तथा यसअघि गठित उपसमितिका संयोजक बडुलाई बुझाएर तत्काल बाहिरिएका थिए ।

स्थानीय तहका कर्मचारीहरुले विधेयकमा आफ्ना असहमति रहेको जनाउँदै पत्र बुझाएको बुझिएको छ । तर, बैठकमा त्यसबारे केही जानकारी नगराई निजामति विधेयक पारित भएको जानकारी दिइयो । अर्कोतर्फ समितिको सबैभन्दा ठूलो जिम्मेवारी र उद्देश्य नै निजामती विधेयक पारित गर्नु मात्र रहेको देखाउँदै अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित भएको जानकारी दिइएको थियो ।

टिप्पणीहरू