देउवाको घरमा झुल्किए जनार्दन शर्मा

देउवाको घरमा झुल्किए जनार्दन शर्मा
सुन्नुहोस्

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन्  । 

आज दिउँसो उनले फेसबुकमार्फत भेटवार्ताबारे जानकारी गराएका हुन् । देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको उनको भनाई छ । 

विगतमा वाम गठबन्धन बनाउन भूमिका खेलेका शर्माले २०७९ को निर्वाचनपछि भने कांग्रेससँगको सहकार्यमा जोड दिँदै आएका छन् । गत वर्ष माघमा प्रचण्डले कांग्रेस छोडेर एमाले रोज्दा उनले सार्वजनिकरुपमै असन्तुष्टि जनाएका थिए । त्यही कारण प्रचण्डसँग दूरी बढेको र अहिलेसम्म पनि टाढा रहेको बताउने गरिएको छ । 

यसअघि आज बिहान माओवादी अध्यक्ष प्रचण्ड र देउवाबीच टेलिफोन संवाद भएको खबर बाहिरिएको थियो । पार्टी अभियानका क्रममा डडेल्धुरा पुगेका प्रचण्ड आफैँले उक्त जानकारी दिएका थिए । 

आजै शर्मा देउवा भेट्न पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

टिप्पणीहरू