च्यासलमा एमाले प्रवेश कार्यक्रम, बालुवाटारमा भेटघाट

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार पनि दिनभर व्यस्त हुनुहुने कार्यतालिका छ । बिहान मदननगर,बल्खुमा राखिएको मदन–आश्रित स्मृति दिवस कार्यक्रममा सहभागी भएपछि उहाँ दिउँसो १ बजे पार्टी मुख्यालय च्यासल जानुहुने छ । एमाले मुख्यालयमा आज राखिएको राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा अन्य पार्टीका नेता तथा कार्यकर्ता प्रवेश गर्ने बताइएको छ ।
दिउँसो ४ बजेदेखि ६ बजेसम्म बालुवाटारमा विदेशी पाहुनासँग भेट गर्नुहुनेछ । सगरमाथा संवादमा सहभागी हुन आएका जापान र अजरबैजानका सहायक विदेशमन्त्रीसँग छुट्टाछुट्टै शिष्टाचार भेटको कार्यक्रम तय भएको छ ।
चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले पनि प्रधानमन्त्रीसँग साँझ साढे ६ बजे बालुवाटारमा भेट्न समय पाउनुभएको छ ।
टिप्पणीहरू