विषादी सेवन गरेकी बालिकाको अवस्था गम्भीर

विषादी सेवन गरेकी बालिकाको अवस्था गम्भीर

चितवनमा हिजो साँझ विष सेवन गरेकी एउटी बालिकाको अवस्था गम्भीर भएको छ । इच्छाकामना गाउँपालिका–२, टोलाङका मदनबहादुर चेपाङकी १३ वर्षीया छोरी सन्जु चेपाङले तरकारीमा छर्ने विषादी सेवन गरेकी हुन् । 

विषादी सेवनपछि सिकिस्त हालतमा उपचारका लागि भरतपुरतर्फ पठाइएको थियो । उनले विषादी सेवन गर्नुको कारण प्रष्ट भएको छैन । 

बालिका एक–दुई दिन घरबाट बेलुकीको समयमा बाहिर हिँडेपछि बाबुले त्यसरी नहिँड्न सुझाएका थिए ।

टिप्पणीहरू