संवेदनशील सूचना दिन जरुरी नरहेको गृहमन्त्रीको ठहर
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सुरक्षा र वैदेशिक सम्बन्धसँग जोडिएका संवेदनशील सूचना दिन जरुरी नरहेको बताएका छन् ।
राष्ट्रिय सूचना आयोगले आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीसँगको अन्तरक्रिया कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले त्यस्तो धारणा राखेका हुन् । संविधानले नागरिकलाई सूचनाको हकको अधिकार दिएको तर देशको शान्ति सुरक्षा, मुलुकको प्रतिरक्षा, वैदेशिक सम्बन्ध लगायत गोपनियता जोडिएका सूचना दिन जरुरी नरहेको स्पष्ट पारे ।
पारदर्शिता र सुशासनको नाममा सबै सूचना दिँदा मुलुक थितिमा बस्न नसक्ने जिकिर गर्दै गृहमन्त्रीले त्यसो गर्न नहुनेमा जोड । अन्यथा देश ठूलो अराजकता फस्ने उनको चिन्ता छ ।
संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी रहेको उल्लेख गर्दै भने, ‘सूचनाको हक दिने हाम्रो कर्तव्य हो । सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो । सूचनाको हक भन्नेबित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन । कतिपय सूचनाहरु गोपनियतासँग जोडिएका हुन्छन् । ति सूचना दिन जरुरी छैन ।’
गृहमन्त्री लेखकले सूचना नलुकाइकन दिन पनि आग्रह गरेका छन् । सूचना दिन नसकिने अवस्थामा गोपनियताको कारण अनिवार्य खुलाउनुपर्ने उनले बताए ।
टिप्पणीहरू