प्रधानमन्त्री बिरामी, संसदमा सवाल-जवाफ नहुने
प्रधानमन्त्री केपी शर्मा ओली बिरामी पर्नुभएको छ । हिजो साँझदेखि उहाँलाई रुघाखोकी लागेको बताइएको छ ।
हिजो काठमाडौँमा भएको एक कार्यक्रममा ओलीले आफू केही अस्वस्थ रहेको भन्दै सम्बोधन छोट्याउनु भएको थियो । उहाँ बिरामी भएपछि आजका लागि निर्धारित प्रधानमन्त्रीसँग प्रश्नोत्तरलगायत सबै कार्यक्रम स्थगित भएका छन् ।
सभामुखको सचिवालयले स्वास्थ्यको कारण प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रश्नोत्तर कार्यक्रम हटाइएको जानकारी दिएको छ ।
टिप्पणीहरू