दलमर्दनको टोलीमा छ दर्जन
दलमर्दन कामी नेतृत्वको 'संयुक्त नागरिक पार्टी'को केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । जेठ ४ गते काठमाडौंमा सम्पन्न विस्तारित बैठकले कामीकै अध्यक्षतामा कमिटी हेरफेर गरेको हो ।
जसअनुसार बरिष्ठ नेतामा कमलादेवी हेमचुरी छानिएका छन् । इन्द्रबहादुर राई, कलिराम पुर्जा, डा. जितबहादुर घले, बलराम विश्वकर्मा, विष्णु गुरुङ, हम बहादुर पुन र डिल्ली बहादुर तामाङ उपाध्यक्ष बनाइएको छ । महासचिवको जिमेवारी प्रेमबहादुर कार्कीले पाएका छन् ।
पुनर्गठित कमिटीमा २७ पदाधिकारीसहित ३३ सदस्यीय सचिवालय छ भने केन्द्रीय सदस्यमा ७५ जना छन् । लक्ष्मी प्रसाद राईको नेतृत्वमा ९ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।
पार्टीलाई सशक्त, उत्तरदायी र वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा अघि बढाउने घोषणा विस्तारित बैठकले गरेको छ ।



टिप्पणीहरू