गभर्नरमा तीन जनाको नाम सिफारिस गरिँदै
राष्ट्र बैंकको रिक्त गभर्नर पदपूर्तिका लागि प्रक्रिया शुरु भएको छ । गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा बसेको छ ।
अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित समितिको बैठकले तीनजनाको नाम सिफारिस गर्दैछ । आज बेलुकी बस्ने क्याबिनेट बैठकले तीनजनाध्ये एक जनालाई नियुक्त गर्ने तयारी छ ।
काँग्रेसले प्रस्ताव गरेको प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्नेगरी डेपुटी गभर्नरहरु निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलाई सिफारिस गर्ने सम्भावना अधिक छ ।
टिप्पणीहरू