सर्वोच्चको आदेशले विश्व पौडेललाई सजिलो
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका तर्फबाट नेपाल राष्ट्र बैंकको गभर्नरमा अघि सारिएका डा. विश्व पौडेललाई सजिलो हुनेगरी अदालतले निर्णय गरेको छ ।
पौडेललाई गभर्नर बन्नबाट रोक लगाउन माग गर्दै परेको रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको आदेश आज न्यायाधीश सपना प्रधान मल्लको इजलासले सदर गरेको हो । योसँगै तत्कालका लागि उनलाई गभर्नर बन्ने बाटो कानुनत: खुला भएको छ ।
गत चुनावमा नेपाली काँग्रेसबाट सांसद उठेका उनी गभर्नरका लागि योग्य नरहेको दाबीसहित अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च गुहारेका थिए । तर, सर्वोच्च प्रशासनले शुक्रबार नै रिट दरपिठ गरिदिएको थियो ।
गभर्नरमा सत्ता साझेदार काँग्रेस र एमालेबीचको हानथापले लामो समयदेखि केन्द्रीय बैंक नेतृत्वविहीन छ । दाउपेचका बीच पछिल्लो पटक पौडेललाई उक्त पदमा लैजान प्रधानमन्त्री केपी शर्मा ओली तयार भएको बताइएको छ । आज बस्ने क्याविनेट बैठकले उनलाई गभर्नर नियुक्त गर्ने सम्भावना छ ।
टिप्पणीहरू