नेताको गोप्य भिडियो खिच्ने रास्वपा कार्यकर्ता निलम्बित

नेताको गोप्य भिडियो खिच्ने रास्वपा कार्यकर्ता निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तल्लो तहका एक कार्यकर्तालाई नेताको गोप्य भिडियो खिचेको भन्दै कारवाही गरेको छ । 

आन्तरिक अनुशासन उल्लंघन गर्ने निर्वाचन क्षेत्र समितिका एक पदाधिकारी तीन दिने निलम्बनको कारवाहीमा परेको सो पार्टीले जनाएको हो । परिचय गोप्य राखिएका ति कार्यकर्तामाथि केन्द्रीय पदाधिकारीसँगको भेटमा बिनाअनुमति मोबाइलबाट गोप्य रुपमा भिडियो रेकर्ड गरेको आरोप छ । 

अस्ति सोमबार निलम्बनमा परेका ति कार्यकर्ताको व्यक्तिगत प्रतिष्ठामा आँच आउन नदिका लागि परिचय नखुलाएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

टिप्पणीहरू