ब्ल्याक लिस्टमा पर्ने ठेकेदार थपिए
प्रतिबद्धताबमोजिम समयमै काम सम्पन्न नगर्ने तीन ठेकेदार कम्पनी 'ब्ल्याक लिस्ट' मा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले ती निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको हो ।
कार्यालयले बाँकेको यज्ञश्वरी निर्माण सेवा, काठमाडौंस्थित एसियन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि र सल्यानको न्यू तुलसी निर्माण सेवालाई कालोसूचीमा राखेको जनाएको छ ।
कालोसूचीमा परेका यी ठेकेदार कम्पनीले आगामी एकदेखि दुई वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयको भनाइ छ ।
टिप्पणीहरू