पूर्वराष्ट्रपति फर्कनु भयो चीनबाट

पूर्वराष्ट्रपति फर्कनु भयो चीनबाट

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको साताव्यापी औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्कनुभएको छ । उहाँ सवार सिचुआन एअरलाइन्सको विमान भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

बहालरत मन्त्रीसहित १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अघिल्लो शनिबार राति उहाँ चीन जानुभएको थियो । टोलीमा एमाले विदेश विभाग प्रमुख तथा सचिव रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी,स्थायी कमिटी सदस्य कर्ण थापालगायत छन् ।

चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीसँग चिनियाँ उपराष्ट्रपति हान चेङले भेटवार्ता गर्नुभएको थियो । उहाँसँग चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियानचाओले पनि भेटवार्ता गर्नुभयो । 

काठमाडौंबाट ग्वाङ्चौ हुँदै बेइजिङ पुग्नुभएका पूर्व राष्ट्रपति कान्सुबाट सिचुआन प्रान्तको राजधानी छन्तु हुँदै काठमाडौं आउनुभएको हो ।
 

टिप्पणीहरू