काँग्रेस मुख्यालयमा प्रहरीको हुल
नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलमा लफडा उत्पन्न भएको छ । दलका अध्यक्ष विद्वान गुरुङले वैधानिक समयभित्र अधिवेशन गराउन नसकेको आरोप लगाउँदै असन्तुष्ट सदस्यहरुले र्याली र जुलुस निकालेका छन् । उनीहरुले तदर्थ समिति गठनको माग गरेका हुन् ।
केन्द्रीय सदस्यहरुले सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्न खोजेका थिए । तर उनीहरुलाई त्यहाँ पत्रकार सम्मेलन गर्न दिइएको छैन । पार्टी कार्यालय परिसरमा बाक्लो सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
अध्यक्ष गुरुङकै योजनामा पार्टी कार्यालयभित्र पत्रकार सम्मेलन गर्न नदिइएको भन्दै केन्द्रीय सदस्यहरुले विज्ञप्ति जारी गरेर असन्तुष्टी पोखेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसले अन्तिम पटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वतः विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात् गर्दै नयाँ तदर्थ समितिको माग गर्दछौँ। फेरि म्याद थप गरिमाग्ने र तरुण दललाई मागिखाने भाँडो बनाउने विषयको विपक्षमा हामी बहुसङ्ख्यक केन्द्रीय सदस्यहरू रहेको जानकारी गराउँदछौँ ।’
टिप्पणीहरू