एमालेमा नामै मात्रको अनुशासन आयोग

एमालेमा नामै मात्रको अनुशासन आयोग

‘जेठ २५ गते बैठक छ रे, त्यो पनि औपचारिकतामा मात्र सीमित हुने त होला नि !’ हामीले गत साल नै एउटा ठेली पार्टीलाई बुझाएका थियौँ, खै त्यो चिज आजसम्म कार्यान्वयन गरेको देखिएन ।

दिनहुँजस्तो केही महिलाले (धादिङकी शोभा पाठक, बझाङकी रस्मिला धामी) फलानो–तिलानो नेता बलात्कारी हुन् भन्दा मन कुटुक्क हुन्छ । यो विषयले नेतालाई छुन्छ होला कि नाइँ ?’ 

माथिको भनाइ नेकपा (एमाले) अनुशासन आयोगका एक सदस्यको हो । ती सदस्यका अनुसार पोलिटब्युरो सदस्य महेश बस्नेत, मोहन बानियाँ, केन्द्रीय सदस्य ऐन महर (जो बीचमा एकपटक निलम्बन परेका थिए) तथा कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहविरुद्ध गत साल नै बसेको बैठकले कारवाहीको सिफारिस गरेको थियो तर त्यो आजसम्म कार्यान्वयन भएको छैन । ‘कर्मकाण्डमै सीमित हुने बैठकको कुनै महत्व छैन तैपनि अनुशासन आयोगको सदस्य भएपछि बैठक छोड्ने कुरा भएन । 

टिप्पणीहरू