भाषा मिलाएर संसद चलाउने तयारी
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको गत्यावरोध अन्त्य गर्न सरकार लचिलो नबनेको गुनासो गर्नुभएको छ । यद्यपि सहमति र समझदारीको भाषा मिलाउने काम भइरहेको उहाँको भनाई छ ।
आज विपक्षी दलको संयुक्त बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले यस्तो प्रतिक्रिया दिनुभएको हो । ‘अहिले छलफल चलिराख्या छ, सहमति र समझदारीको भाषा टुंग्याउने प्रयास भइरहेको छ’, उहाँले संक्षेपमा भन्नुभयो, ‘हाउस चलाउन सबै लचिलो बन्नुपर्छ, विपक्षी मात्र लचिलो भएर हुँदैन, सरकार पनि लचिलो बन्नुपर्छ ।’
अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको ‘वान टु वान’ वार्तामा पनि सरकारलाई लचिलाे बन्न आग्रह गरेको बताउनुभयो । ‘मैले अहिले बढी भन्दैन, हिजो शेरबहादुर देउवाजीसँग पनि हाउस कसरी खोल्ने भन्ने विषयमा कुरा भएको थियो, उहाँले पनि यसरी हुँदैन, सत्तापक्ष र प्रतिपक्षी दुवै लचिलो बनेर सहमतिमा आउनुपर्छ भन्नुभएको छ, त्यसैले अहिले हामी समझदारीको भाषा टुंग्याउने प्रयास गरिरहेका छौ’, उहाँले थप्नुभयो ।
टिप्पणीहरू