कृषिमन्त्री ‘बेपत्ता’, एमाले सांसद साेध्छन्- ‘लौ न कोही छ ?’
सत्तारुढ दल नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले कृषिमन्त्री रामनाथ अधिकारी ‘बेपत्ता’ भएको भन्दै कटाक्ष गरेका छन् ।
उनले आज बिहानै सामाजिक सञ्जालमार्फत् किसानहरुको लागि महत्वपूर्ण समय मानिने जेठ-असारमा कृषिमन्त्री हराएकोमा आपत्ती जनाएका हुन् ।
पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले सत्ताको साँचो भेटाउनभन्दा कृषिमन्त्री भेटाउन गाह्रो हुने पनि बताएका छन् । ‘बरु नेपालमा सत्ता तालमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउँछन्’, उनले लेखेका छन्, ‘तर हरेक साल जेठ-असारमा मल र कृषि मन्त्री किन एकसाथ बेपत्ता हुन्छन् ? कसैले थाहा नपाउने भो !’
आजसम्म किसानलाई पर्याप्त मल उपलब्ध गराउन सक्ने कोही ‘बहादुर नेता’ नभेटिएको बाँस्कोटाको अनभुव छ । ‘राजनीतिमा घेराबन्दी तोड्ने कुरा गरेको धेरै भो सुनेको, तर मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता निस्केन, लौ न कोही छ ?’, उनले थपेका छन् ।
टिप्पणीहरू