प्रहरी प्रशासनकाे धम्कीपछि मीटरब्याज पीडितहरु दुखित
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीसहित उच्च अधिकृतहरुमाथि मीटरब्याज पीडितलाई धम्क्याएको आरोप छ ।
मीटरब्याज लिएर आफ्नो सम्पत्ति हडप्ने प्रपञ्च गरेको दाबी गर्दै परेको जाहेरी दर्ता नै नगरी उल्टै पीडितलाई धम्काएको आरोप उनीसहित जिल्ला प्रहरी कार्यालयका डिएसपी, सहायक जिल्ला न्यायाधिवक्तामाथि पनि लागेको छ ।
तिलोत्तमा नगरपालिका–३, शंकरनगरकी विमलाकुमारी श्रेष्ठले पूर्वबैंकर तथा व्यवसायी पशुपति घिमिरे र उनकी श्रीमती राधादेवी पौडेलविरुद्ध पछिल्लोपटक गत जेठ १४ गते हुलाकमार्फत जाहेरी दिएकी हुन् । पटकपटक प्रहरी कार्यालय पुगेर जाहेरी दिँदा दर्ता गर्न नमानेपछि उनले अन्तिम विकल्पको रुपमा हुलाकमार्फत् जाहेरी पठाएको बताइन् । उनले ‘कि कानुनी कारबाही गर्न, कि दरपीठ गरिदिन’ आग्रह गरेकी छन् ।
श्रेष्ठका अनुसार प्रहरी र प्रशासनले हदम्याद ग्रुज्रिएकाले मीटरब्याजको कसूर आकर्षित नहुने, लगेको पैसा तिर्नुपर्ने, घर खाली गर्नुपर्नेलगायत कारण देखाएर निरुत्साहित पार्दै आएका छन् । भन्छिन्,‘मैले न्याय मागेको हो, तर पीडकसँग मिलेर उल्टै दबाब दिने काम भएको छ । जाहेरी दर्ता हुँदैन, तामेलीमा राख्ने अधिकार छ भनेर सँधै फर्काउँछन् ।’ भण्डारी र घिमिरे पीडक पशुपतिको गृहजिल्ला गुल्मीका छिमेकी हुन् ।
हुलाकबाट उनले पठाएको जाहेरीपछि प्रहरीले गत आइतबार दुवै पक्षलाई छलफलमा बोलायो । बिहान ११ बजे बोलाइएकोमा पशुपति दिउँसो ३ बजे पुगेको बताइन्छ । ११ बजेदेखि पीडकलाई कुरेर बसेकी उनलाई डिएसपी सुरज कार्कीले आफ्नो कार्यकक्षमा बोलाएर पैसामा कुरो मिलाउन दबाब दिएको भनिन्छ । ‘हुन त उहाँले मान्नुभएको छैन तर मैले त्यति रकम जसरीपनि मिलाइदिन्छु, जाहेरी फिर्ता लिएर मिल्नुस्’,डिएसपीले उनीसँग भने । पीडित पक्षलाई छलफलमा बोलाएर पीडकको पक्ष नलिन भनेपछि आफू हच्किएको श्रेष्ठ बताउँछिन् ।
जाहेरीलाई कार्यालयमै मिलाउन डिएसपी कार्कीलाई पशुपतिले अनेक आग्रह गरेको हुनसक्ने उनको अनुमान छ । तत्कालीन नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक लिमिटेडका अध्यक्षसमेत रहेका पशुपति मणिग्राम क्षेत्रका पुराना व्यापारी हुन् । जग्गा व्यवसायमा समेत राम्रै जमेका उनी अप्ठेरोमा परेकाबाट जग्गा लिएर मीटरब्याजमा पैसा दिने धन्दा चलाउँछन् । अवैध ढुकुटीसमेत खेलाउने पशुपतिसँग उनको भेट जय गुरुदेव ढुकुटी खेलाउने क्रममा भएको हो ।
२०६३ चैत १५ मा पहिलोपटक भेटघाटपछि उनीहरुबीच आर्थिक कारोबार शुरु भयो । पशुपतिले सय कडामा ३६ प्रतिशतको दरले ब्याज लिने र तीन–तीन महिनामा ब्याजलाई साँवामा गाँभेर त्यसको पनि ब्याज उठाउने गरेको श्रेष्ठ बताउँछिन् । सोही क्रममा पशुपतिले उनको मुख्य राजमार्गको व्यापारिक घर पास गरे । आफूले दिएको रकममा ब्याज जोड्दै लगेर २३ करोड ७६ लाख ८२ हजार ६७१ रुपैयाँ पुर्याएको हिसाब उनी स्वयंले श्रेष्ठको डायरीमा लेखेका छन्।
यथेष्ट प्रमाणका बाबजूद उनीविरुद्ध जाहेरी दर्ता नगर्न प्रहरी मुख्यालयमा रहेका डिएसपी दिवस थापाले दबाब दिएको बताइन्छ । सबैतिर चुरोकुरो मिलाएको भनिएका उनले २०७४ असार १६ गते दुई करोड ४६ लाख रुपैयाँ थैलीमा राखि साविक आनन्दवनको कित्ता नम्बर ३८६९ को घरजग्गा आफ्नै भोगमा पर्ने फैसलालाई आधार बनाएका थिए ।
मुलुकभर मीटरब्याजको समस्या छ । मीटरब्याजका कारण धेरै सर्वसाधारण बेघरबार हुने अवस्था भएपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक भरतबहादुर बोहरा र नेपाल अडिटर्स एशोसिएशनका वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गर्यो ।
आयोगलाई नदिएको रकमलाई दिएको भनि लिखत तयार गरेको, वास्तविक रकमभन्दा बढी रकमको लिखत बनाएको, लेनदेन गर्दाको बखतमा ब्याज रकमसमेत साँवामा जोडेको, ऋणीले तिरेको रकमको भर्पाइ नदिएको वा लिखत नबनाउने गरेको, प्रचलित कानुनमा तोकिएभन्दा बढी ब्याज लिएको, ऋणको साँवाभन्दा बढी ब्याज असुलेको, ऋण असुलीको लागि धम्की दिएको, अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्ति हक हस्तान्तरण गरी लिएकोलगायतको उजुरी लिन कार्यादेश
टिप्पणीहरू