प्रचण्डलाई धरानबाट सर्वदलीय ज्ञापन पत्र

प्रचण्डलाई धरानबाट सर्वदलीय ज्ञापन पत्र

धरानका प्रमुख राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले भेटेर आज अपराह्न संयुक्तरुपमा ज्ञापनपत्र दिएका हुन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ बाट अलग गरी पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न उनीहरुको माग छ । 

ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफू प्रधानमन्त्री भएका बेला विश्वविद्यालयको समस्या समाधानका लागि गरेका प्रयासको स्मरण गराउनुभयो । 

“मैले सरकारमा हुँदा धेरै विश्वविद्यालयहरू स्थापना गर्ने र अगाडि बढाउने काम गरेको छु । सुदुर पश्चिममा गेटालाई यस्तै यस्तै अरू पनि”, उहाँले भन्नुभयो, “धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो र नेपालको पूर्वी क्षेत्रको एक अत्यन्त महत्वपूर्ण संस्था हो। तर, यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण विषय हो ।”

पदाधिकारी नियुक्तिमा देखिएको अन्योल र कार्यक्षमता अभाव दुःखद भएको भन्दै प्रचण्डले संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

“तपाईंहरू समाधानको विकल्प लिएर आउनु भएको छ, यो सकारात्मक कुरा हो । तपाईंहरूको यस मागमा म पूर्ण रूपमा साथ रहन्छ”, उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

टिप्पणीहरू