थाइल्याण्डबाट फर्किनेबित्तिकै मन्त्री बिरामी
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल भर्ना हुनुभएको छ ।
रुघाखोकी र ज्वरोका कारण उहाँ हिजो साँझ वीर अस्पताल भर्ना हुनुभएको हो ।
अहिले पनि अस्पतालको भिआईपी कक्षमा राखेर पौडेलको उपचार भइरहेको बुझिएको छ ।
गत मंगलबार थाइल्याण्ड जानुभएका उहाँ शुक्रबार दिउँसो स्वदेश फर्किनुभएको थियो ।
टिप्पणीहरू