प्रहरीलाई एसबिआईको डुंगा

नेपाल एसबिआई बैंकले नेपाल प्रहरीलाई राफ्ट डुंगा र उद्धार सामग्री प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको जनाएको छ ।
नक्सालस्थित प्रहरी हेडक्वार्टरमा एक कार्यक्रमबीच बैंककी अध्यक्ष जयती बंसलले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहीलाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् । त्यस अवसरमा बैंक तथा प्रहरीका उच्च पदस्थ कर्मचारीहरु पनि उपस्थित थिए ।
एसबिआई बैंकले समुदायको सुरक्षा र कल्याणका लागि यस्ता सहयोग गर्दै आइरहेको जनाएको छ । विगत तीन दशकदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका हाल एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, १९ शाखारहित बैंकिङ्ग, एक सय २५ वटा एटीएम र एउटा कर्पोरेट कार्यालय छन् ।
टिप्पणीहरू