मध्यरातमा पहिरो, पाँच जना घाइते
ताप्लेजुङको सिदिङ्बा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरेको छ । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा पाँच जना घाइते भएका छन् ।
राति गएको पहिरोले घर पुरेपछि ५० वर्षीया ठगमाया कटुवाल गम्भीर घाइते भएको बताइन्छ । उनका श्रीमान हस्तबहादुर, छोरा, बुहारी र नातिनी पनि घाइते भएका छन् ।
राति पानी नपरे पनि कुलोको पानी पसेर पहिरो गएको स्थानीयले बताएका छन् ।
टिप्पणीहरू