मदिराको मातमा युवतीले आफ्नै हात काटेपछि.......

मदिराको मातमा युवतीले आफ्नै हात काटेपछि.......

चितवनमा एक युवती आफ्नो हात आफैं काटेर घाइते भएको खबर छ । मदिराको नशामा लठ्ठिएर २४ वर्षिया एलिसा गुरुङले त्यस्तो हर्कत गरेकी हुन् 

प्रहरीका अनुसार घटना हिजो बेलुकी करिब आठ बजेको हो । भरतपुर–२४ घर भई भरतपुर–१० दिपेन्द्रचोकमा डेरा गरी बस्ने २४ वर्षीया एलिसा आफैंले बायाँ हातमा सिसाले काटेकी थिइन् । त्यसपछि घाइते उनलाई सँगै कोठामा बस्ने साथी उषा थापा मगरले तत्कालै भरतपुर अस्पताल पुर्याएकोमा मदिराको मातमा हात काटेको थाहा भएको हो ।  

अस्पतालमा खटिएका प्रहरी कर्मचारीले इलाका प्रहरी कार्यालय दिव्यनगरलाई गरेको रिपोर्टिङअनुसार हात काट्नुको कारण नखुलेपनि युवतीले मापसे गरेको खुलेको छ ।

टिप्पणीहरू