इलाममा १५ बेडको अस्पताल, टिचिङमा इमर्जेन्सी
प्रधानमन्त्री केपी शर्मा ओली र सांसद सुहाङ नेम्बाङले संयुक्त रुपमा इलामको माई नगरपालिकामा नवनिर्मित अस्पताल भवन उद्घाटन गर्नुभएको छ । स्थानीय दानाबारीमा निर्मित १५ शैयाको ‘माई नगर अस्पताल’को सेवा आजैदेखि औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
संघीय सरकारको १० करोड ७० लाख २४ हजारमा दुई तले अस्पताल निर्माण गरिएको हो । अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स रे, भिडियो एक्स रे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । साथै स्वास्थ्य बिमा कार्यक्रमसमेत लागू गरिएको जानकारी नगरपालिकाले दिएको छ ।
यता, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको इमर्जेन्सीमा १५ बेड थपिएको छ । ग्रीन एरिया वार्डमा १५ शैया थपेर थ्री टेस्ला एमआरआई सेवा थालिएको बताइएको छ । स्वास्थमन्त्री प्रदीप पौडेलले उक्त सेवा शुभारम्भ गर्दैे विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यसअघि उक्त वार्डमा आठ बेड थिए । थपिएका बेड र सुविधाको निम्ति मन्त्रालयले २० करोड उपलब्ध गराएको जनाएको छ ।
टिप्पणीहरू