नमूना स्कूलमा उत्तरको नमूना उपहार

नमूना स्कूलमा उत्तरको  नमूना उपहार

典范校园内,中国礼非凡.

छिमेकी देश चीन र नेपालवीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ अगस्ट १ का दिन अर्थात् साउन १६ गते मनाउने तयारी चलिरहँदा दुई सय ३३ वर्षअगाडि सन् १७९२ को अक्टोबरमा सम्पन्न बेत्रावती सन्धिलाई सम्झनुपर्ने हुन्छ । तिब्बतलाई केन्द्रमा राखेर उसको संरक्षणमा चिनियाँ फौजले गरेको आक्रमणलाई त्यही बेत्रावती सन्धिले रोकेको थियो । तिब्बत र नेपालमाथि आइपर्ने कुनै पनि वैदेशिक आक्रमण रोक्नमा चीनको सहयोग रहनेछ भन्ने ब्यहोराको सम्झौतामा हस्ताक्षर गरिएको त्यो कालो,ठूलो ढुङ्गा अहिले पनि जस्ताको तस्तै छ नुवाकोट जिल्लास्थित त्रिशुली नदी किनार बेत्रावती बजारमा । त्यहाँबाट पुल तरेर २७ किलोमिटर माथि उक्लनुपर्ने हुन्छ,रसुवाको सदरमुकाम धुन्चेभन्दा ठूलो व्यस्त बजार कालिकासम्म पुग्न । बजारबाट अलिकति झरेपछि जिब्जिबे भन्ने ठाउँमा परैबाट ठूलो अस्पताल र छेउमै हरियो जालीले घेरिएको निर्माणाधीन दुई वटा भव्य संरचना देख्न पाइन्छ । हो,त्यहाँ अहिले कामको चटारो छ । चीन र नेपालवीच मितेरी सम्बन्धको उत्कृष्ट नमूनास्वरुप एउटा उपहार नेपाल सरकारलाई हस्तान्तरण गर्न चिनियाँ प्राविधिकहरुलाई भ्याइनभ्याई भएको हो । यो उपहारबाट कालिका गाउँपालिका वरपरका ११ हजार बासिन्दा लाभान्वित हुनेछन् । निर्धारित अवधिभन्दा अगाडि नै जिम्मेवारी सक्ने लक्ष्य छ जसरी काठमाण्डौको बलम्बूमा सशस्त्र प्रहरी बलको भव्य तालिम केन्द्र सम्झौता अवधि नपुग्दै बनाइएको थियो । आगामी वर्षको कार्तिक अर्थात् २०२६ को नोभेम्बर ११ अगाडि नै पौने एक अर्ब नेपाली रुपैयाँ लागतमा बन्ने उक्त विद्यालयको चाबी बुझाउने लक्ष्य छ ।

中国与尼泊尔建交70周年纪念活动筹备之际,需回溯229年前1792年10月签署的《贝特拉瓦蒂条约》。该条约以西藏为核心,在其保护框架下,成功阻止了中国军队的进攻。协议明确规定,中国将协助尼泊尔抵御任何针对西藏及尼泊尔的外来侵略。这份刻于黑色巨石上的条约原件,至今仍完好保存在努瓦科特县特里苏里河畔的贝特拉瓦蒂市场。由此地渡桥上行27公里,可达比拉苏瓦首府敦切更繁华的集市卡利卡。集市下方"吉布吉贝"处,可见一座大型医院及两座被绿色围网笼罩的宏伟在建建筑——这里正紧锣密鼓施工,作为中尼友谊的典范工程,中国政府即将向尼泊尔移交这份厚礼。项目将使卡利卡乡周边1.1万居民受益,其建设秉承"提前竣工"理念,如同加德满都巴拉姆布武装警察训练中心的成功范例。这座耗资近10亿卢比的学校,定于2026年11月11日前交付使用。

१० रेक्टर स्केलको भूकम्प आए पनि यी भवनलाई कुनै फरक पर्ने छैन ।

即便发生10级里氏震级的地震,这些建筑也将毫发无损。

निर्माण कार्यमा १५ जना चिनियाँ प्राविधिक र ९० जना नेपाली कामदार अहोरात्र सक्रिय छन् । त्यहाँबाट ७२ किलोमिटर पर मात्रै छ केरुङ । केरुङ्ग  सीमा नाका हो नेपाल र चीनवीचको । कालिकाको बिध्यालय निर्माणमा खटिएका चिनियाँ प्राविधिकहरू आफ्नो जन्मभूमि त्यति नजिकै भैकन पनि कहिल्यै त्यता पाइला नराखी यतैको जिम्मेवारीमा रमाएका छन् ।

施工现场,15名中国技术人员与90名尼泊尔工人正昼夜奋战。距此仅72公里处便是中尼边境口岸——吉隆口岸。尽管祖国近在咫尺,这些投身卡利卡学校建设的中国技术人员却始终坚守岗位,未曾踏足故土,将全部热忱倾注于肩负的责任之中。

आजका मितिसम्म सम्पूर्णत : नेपाली र चिनियाँ सामग्री (स्टिल,सिमेन्ट,ढुंगा,गिटी,बालुवा) सहित प्रयोग गरेर गुणस्तरीय खालको भव्य संरचना त्यहाँ बनिरहेको छ । पछि जडान गर्नलाई एअरकण्डिसन मेसिनहरु पनि ल्याइसकिएको छ ।  

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यकालमा चिनियाँ समकक्षी वेन जियाबाओ ८ घण्टाका लागि नेपाल आउँदा ०६९ सालमा  पाँच वटा प्रदेशमध्ये हरेकमा दुई दुई वटाका दरले विद्यालय भवन बनाइदिने सम्झौता भएको थियो । तर विडम्बना,बिआरआई सम्झौता सन २०१७ मै हस्ताक्षर सकाएर पनि कार्यान्वयनमा ल्याउन हाम्रै आलटालका कारण पोहोर मात्र पुरक सम्झौता गर्नु परेजस्तै २०६९ सालमै गरिएको बिद्यालय भवन निर्माणको सहमति पोहोर सन २०२४ को नोभेम्बर ११ मा मात्रै कार्यान्वयनमा लाने प्रक्रिया प्रारम्भ हुनसक्यो । त्यसैअन्तर्गत दोलखा र सिन्धुपाल्चोकको बिद्यालय निर्माण सम्पन्नपछि अहिले गोरखा र रसुवामा दुई वटा कार्यभार पूरा हुने क्रममा छन् । कालिकामा नमूना बिद्यालय बनिसक्नुपर्ने अन्तिम मिति त २ वर्षको हिसाबले २०२६ को नोभेम्बर नै हो ।

截至今日,项目已全部采用尼中两国材料(钢材、水泥、石料、碎石、砂石)建成高品质的宏伟建筑结构,空调设备等后期安装部件也已运抵现场。

2012年时任总理巴布拉姆·巴特拉伊访华期间,中方领导人温家宝承诺为尼泊尔五大区各援建两所学校。但具有讽刺意味的是,尽管《中尼经济技术合作协定》早在2017年就已签署,却因尼方内部协调问题迟滞多年——原定2012年启动的校舍建设项目,直至2024年11月11日才真正进入实施阶段。根据该框架,多尔卡与辛杜帕尔乔克项目竣工后,目前戈西与拉苏瓦两地的工程也临近收尾。而卡利卡示范学校的最终交付期限,按两年工期计算正是2026年11月。 

तर यही १ अगस्टलाई केन्द्रबिन्दुमा राखेर त्यसको सम्पूर्ण पूर्वाधार (स्ट्रक्चर) बनाइसक्ने हिसाबले काम भइरहेको छ । भित्री सिंगारपटार त निर्धारित समयमा हुँदै गर्ला तर पूर्वाधार (स्ट्रक्चर) बनाउने काम भने यो अगस्ट १ अगाडि नै सक्ने लक्ष्य रहेको त्यसका प्रबन्धक मा युएहाङ बताउँछन् ।

然而,以今年8月1日为关键节点,工程团队正全力推进主体结构的全面建设。内部装修工作将按计划稳步进行,而主体结构工程则有望在8月1日前提前竣工——项目经理马玉航(Ma Yuhang)如是说明。

चिनियाँहरू काममा कति जिम्मेवार र अनुशासनमा कुन हदसम्म निर्मम छन् भन्ने कुरा त्यहाँ प्रस्ट देख्न सकिन्छ । हाम्रो सिकर्मीजस्तो,काठको काम गर्ने एक जनालाई ढिलासुस्तीका कारण भीसा नथपी घर फकाईएको छ । आफ्नो क्षमता प्रदर्शन गर्ने कुरामा चिनियाँ इमान्दारिताको यो राम्रो नमूना हो । १२ कक्षासम्म पढाइ हुने यो विद्यालयमा डेढ सय जना छात्र छात्राका निम्ति छात्रावासको पनि व्यवस्था हुनेछ । नाम निलकण्ठ नमूना मावि हो जसको स्थापना बिक्रम सम्बत २०२१ सालमै भएको थियो । पढाइ र परिणामका हिसाबले जिल्लाकै पहिलोमध्येमा गनिने भएको हुनाले यसलाई नमूना नाम दिइएको हुनुपर्दछ । निर्माणमा स्थानीय जनता र स्थानीय सरकारको राम्रो सहयोग रहेको परियोजनाका फिल्ड म्यानेजर तोङ बताउँछन् । ब्याडमिन्टन र बास्केटबल कोर्टसहित ६४ कोठाको विद्यालय भवन ७ रोपनी जग्गामा फैलिएको छ ।

该项目完全采用尼泊尔和中国材料(钢材、水泥、石料、碎石、砂石)建设高质量宏伟建筑,空调设备等后期安装部件也已全部到位。中国工作人员展现出的高度责任感和严格纪律性在这里得到充分体现——一名当地木工因拖延怠工被立即取消工作签证遣返回国,这充分彰显了中国团队对专业能力的诚信追求。这座可容纳12个年级、150名学生的学校将配备完善的学生宿舍。

该校名为"尼拉坎特示范中学",成立于2021年,凭借优异的教学成绩位列地区前茅,因而获得"示范校"称号。项目经理童(Dong)表示,工程建设得到当地政府和民众的大力支持。校园占地7罗帕尼(约0.28公顷),建有包含64间教室的教学楼及羽毛球、篮球等运动场地。

"च्याङ्सु इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल कोअपरेसन ग्रुप लिमिटेडले सम्हालिरहेको काम नमूनालायक छ । हामी एकदम खुशी छौँ ।’-एक स्वरमा २९ वर्षदेखि यही विद्यालयका प्राध्यानाध्यापक नारायण देवकोटा र कालिका गाउँपालिका ५ नम्बरका वडाध्यक्ष सन्दिप पौडेलले बताए । सन १९९५ मा जन्मिएका युवा वडाध्यक्ष सन्दिप यही विद्यालयका पूर्वविद्यार्थी हुन् । उनको छोरा पनि यसैमा पढ्दैछन् । अहिले भाडामा त्यही निर्माणाधीन भव्य संरचनाको मुन्तिर अस्थायी टहरो बनाएर पठनपाठन चलिरहेको छ । बिध्यार्थीहरु नयाँ भवनको नयाँ बेन्चमा बसी अध्ययन अघि बढाउन आतुर छन् ।

निश्चिन्त के भन्न सकिन्छ भने चिनियाँहरूले रसुवाली जनताका निम्ति वचनबध्दताअनुरुप बेलैमा गुणस्तरीय र उच्चस्तरीय पूर्वाधार बनाइदिँदैछन् । आशा गरौँ,हाम्रो तर्फबाट प्रदान गरिने सेवा र शिक्षा पनि उत्तिकै गुणस्तरीय हुनेछ । 

江苏国际经济合作公司负责的这项工程堪称典范,我们感到无比欣慰。'——该校执教29年的校长纳拉扬·德夫科塔与卡利卡乡村第五区主席桑迪普·保德尔异口同声表示。这位1995年出生的年轻主席正是该校校友,其子目前也在此就读。当前,师生们正在在建宏伟建筑旁搭建的临时板房内坚持教学,学生们已迫不及待想在新校舍的课椅上开展学习。

可以确信的是,中国建设者正严格履行对拉苏瓦人民的承诺,按时保质打造高标准基础设施。期待我们提供的服务与教育质量也能与之比肩。

टिप्पणीहरू