मध्यरातपछि विपी राजमार्ग अवरुद्ध

मध्यरातपछि विपी राजमार्ग अवरुद्ध

विपी राजमार्गको केही स्थानमा भरिएको लेदो र सडक कटानले यातायात अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका तीन स्थानमा खोलाको भेल पसेको छ ।  

गएरातिको लगातारको वर्षापछि रोशी गाउँपालिका–११ माम्तीमा खोलाको भेल सडकमा पसेको छ भने सडकको केही भाग बगाएको छ ।

रोशी–९ पिन्थली र बिरुवा डाँडामा पनि सडक अवरुद्ध भएको बताइन्छ । प्रहरीका अनुसार अवरुद्ध सडक भर्खरै खुलेको छ ।

टिप्पणीहरू