नेपाल टेलिभिजनमा तीन दर्जनलाई जागिरको अवसर

नेपाल टेलिभिजनमा तीन दर्जनलाई जागिरको अवसर

सार्वजनिक सेवा प्रशारण, नेपाल टेलिभिजनले कर्मचारी पदपूर्तिका लागि आवेदन खुलाएको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा विभिन्न पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । 

टेलिभिजनले आज सूचना जारी गर्दै प्रमुख निर्माता, कार्यकारी समाचार सम्पादक, कार्यकारी क्यामराम्यान, वरिष्ठ प्रशासन अधिकृत, इन्जिनियर, प्रशासन अधिकृत, लेखा अधिकृतलगायत पदहरुमा २० जना मागेको छ । 

योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी २१ दिनभित्र आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र र रितपूर्वक आवेदन नदिने उम्मेदवारलाई परीक्षामा सहभागी नगराइने सूचनामा उल्लेख छ । 

यससम्बन्धी विस्तृत जानकारी टेलिभिजनको बेवसाइटमा राखिएको छ ।

टिप्पणीहरू