आठ ठेकेदार कम्पनी कालोसूचीमा
ठेक्का ओगट्ने तर समयमै काम सम्पन्न नगर्ने आठ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले ती ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो।
रोहाना कन्स्ट्रक्सन, डी एण्ड डी निर्माण सेवा, लिएस कन्स्ट्रक्सन, स्काई विल्डर्स, वाइबा एण्ड लामा कन्स्ट्रक्सन, माँ जानकी निर्माण सेवा, मष्टा कन्स्ट्रक्सन र सातविसे कन्स्ट्रक्सन कालोसूचीमा परेका छन् ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि दुई वर्षका लागि कालोसूचीमा राखिएका यी कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।
टिप्पणीहरू