यातायात व्यवसायीको राष्ट्रिय महाधिवेशन कात्तिकमा
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ । आउँदो कात्तिक १४ गते महाधिवेशन हुने जानकारी दिइएको छ । महासंघले आज एक सूचना प्रकाशित गर्दै जिल्ला र प्रदेश अधिवेशन आगामी भदौ ३१ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।
त्यसका लागि महासंघमा आबद्ध मालवाहक तथा यात्रुवाहक संघ, समिति, कम्पनी, प्रालिलाई साउन २१ गतेभित्र सदस्यता नविकरण तथा नयाँ लिन आह्वान गरिएको छ । सदस्यता नविकरण भएका संघ, समिति, कम्पनी, प्रालिहरुको अन्तिम नामावली साउन ३१ गते प्रकाशन गरिने महासंघको भनाइ छ ।
त्यस्तै, २०७४ सालमा चितवनमा भएको पाँचौं राष्ट्रिय महाधिवेशनमा भाग लिएका संघ, समिति, कम्पनी, प्रालि, पर्यटक, सहकारी तथा संस्थाहरुको सदस्यता नविकरण गर्दा ०८१–०८२ को मात्र लेबी तिरे पुग्ने विशेष व्यवस्था गरिएको पनि सूचनामा उल्लेख छ ।
टिप्पणीहरू