समस्याग्रस्त सहकारीको बचत फिर्ता र कर्जा असुली बन्द
समस्याग्रस्त घोषित सहकारीका बचतकर्ताको निक्षेप फिर्ती तथा ऋण असुलीसम्बन्धी कार्य केही दिनका लागि बन्द भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि साउन ७ गतेसम्मका लागि सेवा स्थगित गरेको हो ।
निक्षेपकर्ताको बचत फिर्ता, ऋण असुली तथा सम्पत्ति व्यवस्थापनको थप आन्तरिक गृहकार्य गर्नुपर्ने भएकाले सेवा स्थगित गरिएको कार्यालयको भनाइ छ ।
‘समस्याग्रस्त घोषित भएका सहकारीका बचतकर्ताहरुको घोषित बचत फिर्ता, ऋण असुली तथा सम्पत्ति व्यवस्थापनको थप आन्तरिक गृहकार्य गर्नु परेकोले सेवाग्राहीलाई प्रदान गरिँदै आएको सेवा मिति २०८२ साउन १ गतेदेखि ७ गतेसम्मका लागि स्थगित गरिएको छ,’ सूचनामा उल्लेख छ ।
यस अवधिमा समितिका सम्पूर्ण पदाधिकारी र कर्मचारीले भने नियमित अनिवार्य रुपमा कार्यालय उपस्थिति भई कामकाज गर्नुपर्ने जनाइएको छ ।
टिप्पणीहरू