मानवपछि कुकुरको ‘प्रिग्नेन्सी फोटोसुट’
गर्भवती अवस्थाको सम्झनाको क्षण तस्बिरमा कैद गर्ने ‘प्रिग्नेन्सी फोटोसुट’ अब कुकुरसम्म पुगेको छ । काठमाडौंकी आचार्य बिन्दुले घरमा पालेकी गर्भवती कुकुर सकम्बरीको फोटोसुट गराएकी छन् । फेसबुकमा तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, “हाम्री प्यारी सकम्बरीको गर्भवती अवस्थाको तस्बिर खिचाई कार्यक्रम – मम टु बि।”
यो फोटोसुटमा दर्जनौं प्रतिक्रियाहरू लेखिएका छन्। कसैले “फादर टु बि” खोजेका छन्, त कसैले “बेबी सावर” को प्रस्ताव गरेका छन्। सडकमा भेटिने पिता भन्दै बिन्दुको जवाफ पनि रोचक छः “ज्वाईँ साहेब त हामी नी चिन्दैनम्, सडकमा कतै हुनुहुन्छ होला।”

केही प्रयोगकर्ताले यसलाई मान्छेको फेसन कुकुरमा पनि सुरु भएको भन्दै स्वागत गरे भने, अरूले व्यङ्ग्य गरे, “एनिमलले ह्युमनसरह सुविधा पाएको अवस्था”, “गुरुमाले नि चटक गर्नुन्च भन्या।”
यस प्रकारका प्रवृत्तिले आधुनिक समाजमा पशुप्रेम, सामाजिक सञ्जाल संस्कार, र फेसनको प्रभाव कहाँसम्म पुगेको छ भन्ने देखाउँछ। चाहे व्यङ्ग्य होस् वा सद्भाव, सकम्बरीको ‘मम टु बि’ फोटोसुट ले भने सबैको ध्यान खिचेको छ ।
टिप्पणीहरू