ललितपुरमा आज शोक बिदा

ललितपुरमा आज शोक बिदा

ललितपुर महानगरपालिकाले आज शोक बिदा दिएको छ । पूर्वनगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनको शोकमा महानगरले बिदा दिएको हो । 

‘उहाँले यस महानगरपालिका र समाजसेवामा पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै यस कार्यालयको मिति २०८२–०४–०४ गतेको निर्णयानुसार आज मिति ०८२ साउन ४ गते आइतबार ललितपुर महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा अत्यावश्यक सेवाबाहेक शोक बिदा रहने व्यहोरा सूचित गरिन्छ,’ महानगरको सूचनामा उल्लेख छ । 

महानगरले स्वर्गीय बज्राचार्यप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । 

ललितपुरका पूर्वमेयर तथा पूर्वमन्त्री बज्राचार्यको ८९ वर्षको उमेरमा गएराति निधन भएको हो । ०५४ सालमा नेकपा एमालेबाट नगर प्रमुखमा निर्वाचित उनी ०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा पर्यटनमन्त्री भएका थिए ।
 

टिप्पणीहरू