खेलकुदमा सहकार्यका लागि परिषदको आह्वान

खेलकुदमा सहकार्यका लागि परिषदको आह्वान

राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदमा निजी क्षेत्रको सहयोग तथा सहभागिताका लागि आह्वान गरेको छ । परिषद्ले चालु आर्थिक वर्ष २०८२–०८३ देखि आयोजना हुने खेलकुदसम्बन्धी प्रतियोगिता तथा कार्यक्रममा सहकार्यका निम्ति प्रस्ताव पेश गर्न निजी क्षेत्रलाई सूचित गरेको छ ।

खेलकुद क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी, दिगो, मितव्ययी र व्यवसायिक बनाउन निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक देखिएको परिषद्को भनाइ छ । जसअनुसार खेल क्षेत्रमा आर्थिक, सामग्रीगत वा अन्य सहयोग, खेल पूर्वाधार निर्माण तथा खेलस्थल व्यवस्थापन, खेलसामग्री, खेल पोशाक सेट, नगद पुरस्कार, जिन्सी पुरस्कार, खेलाडी भ्रमण तथा खाना खाजा खर्च, उद्घाटन तथा समापन कार्यक्रम, मेडल ट्रफि, विज्ञापन तथा मिडियो कभरेश, खेलाडी बीमालगायतमा सहकार्यका लागि आह्वान गरिएको हो । 

प्रायोजन गर्न इच्छुक निजी कम्पनी, संस्था वा व्यक्तिहरुलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र प्रस्ताव तयार गरी परिषद्को प्रतियोगिता विभागमा पेश गर्न भनिएको छ ।

टिप्पणीहरू