सुभाष ट्रेडर्सलाई तीन लाख, लोटसलाई ५० हजार जरिवाना

सुभाष ट्रेडर्सलाई तीन लाख, लोटसलाई ५० हजार जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–३२, स्थित सुभाष ट्रेडर्सलाई कारबाही गरेको छ ।

बजार अनुगमनको क्रममा वस्तुमा रिलेवलिङ, गुणस्तर र नापतौल हेरफेर गरिएको पाइएपछि कारबाही गरिएको हो । विभागका अनुसार फर्मलाई कारबाहीस्वरुप तीन लाख रुपैयाँ जरिवाना तिराउनुका साथै वस्तु बेचबिखन रोक्का गरिएको छ । 

व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन पनि भनिएको छ । 

यस्तै, काठमाडौं–२८, स्थित द लोटस इन्टरनेशनल एजुकेशन फाउण्डेशनले पनि उपभोक्ता संरक्षण ऐन विपरीत काम गरेकोले ५० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।

टिप्पणीहरू