जनार्दनलाई धेरै नउफ्रिन नेताहरूकाे सुझाव

जनार्दनलाई धेरै नउफ्रिन नेताहरूकाे सुझाव फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा पछिल्ला दिनहरूमा पार्टी पुनर्गठनको माग गर्दै सार्वजनिक रूपमा सक्रिय देखिएका छन्। तर, स्थायी समिति बैठकमा पार्टीका शीर्ष नेताहरूले उनलाई संयमित रहन र सार्वजनिक रूपमा नबोल्न सुझाव दिएका छन्।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शर्मासँग पार्टीका बैठकहरूको माइन्युटमा हस्ताक्षर नगर्ने कारणबारे सोधपुछ गरेका छन्। पार्टी मुख्य सचिव गणेशमान पुनका अनुसार, शर्मा विगत चार वर्षदेखि कुनै माइन्युटमा हस्ताक्षर गरेका छैनन्। यस विषयमा श्रेष्ठले स्पष्ट रूपमा आलोचना गर्दै हस्ताक्षर नगर्नु गलत भएको बताएका छन्।

महासचिव देव गुरुङले पनि नेतृत्वमाथि असहमति भए पार्टीभित्रै राख्नुपर्ने र बाहिर सार्वजनिक रूपमा आलोचना गर्नु अनुचित हुने बताएका छन्। अध्यक्ष प्रचण्डको नेतृत्वलाई सर्वमान्य मानेर पार्टी एकजुट हुनुपर्ने सन्देश दिएका छन्।

बैठकमा सहभागी अन्य नेताहरूले पनि शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका छन्। बैठक जारी छ।

टिप्पणीहरू