तीजमा ‘रेलिमै’

तीजमा ‘रेलिमै’

गायक सन्तोष पन्थीको तीज गीत ‘रेलिमै’ बजारमा आएको छ । गीत जिबिएस क्रियशन युटुब च्यानलमार्फत् सार्वजनिक गरिएकाे हाे । 

पछिल्लो समय तीज गीतमा छाडा शब्दको प्रयोग बढिरहेको बेला उक्त गीतले भने मौलिक स्वाद पस्केको छ । बाबुराम पन्थीको शब्दलाई सन्तोषले स्वर दिएका हुन् भने कुमार सानु पुनले अरेन्ज गरेका हुन् । स्वरमा बाबुराम र गोविन्द पन्थीले समेत साथ दिएका छन् । गुल्मी घर भएका सन्तोष, बाबुराम र गोविन्द नातेदार हुन् । 

गीतको भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा सञ्चिता बोलखे र कृश क्षेत्री फिचर्ड छन् । तिलक ठकुरीको निर्देशनमा तयार भएको उक्त भिडियोलाई दर्शकले राम्रो रुचाएको देखिन्छ । 

भाइरल गीतको होडाबाजी चलिरहेको बेला यस गीतले मौलिक स्वाद दिने सन्तोषको विश्वास छ । यसअघि उनको ‘जुन भुल्यौ’ बोलको गीत सार्वजनिक भएको थियो ।

टिप्पणीहरू