नयाँ दिल्लीमा सिके राउतको नम्र निवेदन

नयाँ दिल्लीमा सिके राउतको नम्र निवेदन

डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेताहरुले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन् । उनीहरुले नयाँ दिल्लीमा भएको भेटमा दुई मुलुकबीचको सम्बन्धलाई अटल र प्रगाढ बनाउन विभिन्न विषयमा सहमति भएको जनाएका छन् । 

राउतको सचिवालयले जनाएअनुसार विगतमा भएको नदीनाला सम्झौतालाई पुनः परिमार्जन गरेर नेपालको तराई मधेसको १५ प्रतिशत भूभागमा सिंचाइका लागि नहर निर्माण गर्ने सहमति भएको छ । भारत सरकारद्वारा निर्माणाधीन जलविद्युत आयोजनालाई सुचारु गर्ने, हुलाकी राजमार्ग र रेलमार्गलाई थप निर्माण तथा सुदृढ गर्नेलगायत विषय रहेको उल्लेख छ । 

यसैबीच डा. राउत भने रुस भ्रमणको क्रममा मस्को पुगेका छन् । प्रवक्ता शरद सिंहका अनुसार अध्यक्ष राउत अस्ति काठमाडौंबाट उता गएका हुन् ।

टिप्पणीहरू