उम्मेदवारका आकांक्षीलाई रास्वपाले घण्टी घरमा उतार्ने
आगामी कात्तिकका लागि तय भएको रुपन्देही-३ को उपचुनावमा उम्मेदवारी दिन इच्छा जाहेर गरेका ९ जनासँग राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संवाद गर्ने भएको छ ।
आज दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय वनस्थलीमा छलफल गर्न लागेको सो पार्टीले जनाएको छ । अपराह्न ४ बजे उम्मेदवारक आकांक्षीसँगै पत्रकार सम्मेलन पनि गरिने प्रवक्ता मनिष झाले जानकारी दिए ।
लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले समन्वय गर्ने छलफलको 'अब्जर्भेसन' केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी सभापति देवराज पाठक गर्ने बताइएको छ ।
रास्वपाले साउन ७ गते सूचना जारी गर्दै दुई हप्ताको म्याद दिएर उम्मेदवारी आह्वान गरेको थियो । उक्त अवधिमा जम्मा ९ जनाले घन्टीबाट उठ्न रहर गर्दै आवेदन दिएका थिए ।
अस्ति शुक्रबार आवेदकको सूची सार्वजनिक गरिएको थियो । हिजो र अस्ति दुई दिन उक्त नामउपर दावी विरोधको समय तोकिएको रास्वपाले जनाएको छ ।
टिप्पणीहरू