हिरोइनमाथि ६० करोड ठगीको आरोप

हिरोइनमाथि ६० करोड ठगीको आरोप

चर्चित बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध करोडौँ ठगीको आरोप लागेको छ । 

मुम्बईका व्यवसायी दिपक कोठारीले ६० करोड ४० लाख ठगेको जिकिर गर्दै जुहु प्रहरी स्टेशनमा जाहेरी दिएका हुन् । शिल्पा र उनका पतिले आफूसँग ऋण लिएर नतिरेको कोठारीको आदाबी छ । 

सन् २०१५ मा राजेश आर्यामार्फत् पहिलोपल्ट शिल्पा र राज कुन्द्रासँग भेट भएको अनि एक कम्पनीको लागि ऋण दिने सहमति भएको कोठारीले जाहेरीमा खुलाएका छन् । सुरुमा उनीहरुले ७५ करोड मागे पनि आफूले भने १२ प्रतिशत ब्याजमा ६० करोडमात्र दिएको उनको भनाइ छ । 

तर, उनीहरुले कम्पनीलाई पनि अलपत्र पारेको र जालसाजी गरेर ऋण पनि नतिरेको कोठारीको दावी छ । 

शिल्पा र उनका पति विवादमा तानिएको यो पहिलोपल्ट भने होइन । राजमाथि यसअघि पनि गैरकानुनी ढंगबाट अश्लिल चलचित्र निर्माण गरेको आरोप लागेको थियो, त्यसबेला पक्राउसमेत परेका उनी केही दिन हिरासत बसेर छुटेका थिए । 

शिल्पा पछिल्लाे समय विभिन्न टेलिभिजन रियालिटी शाेहरूमा व्यस्त छिन् । केही वर्षयता चलचित्रमा काम नगरे पनि गल्यामर्सकाे कारण उनी चर्चाको पात्र भने बनिरहेकी छन् ।

टिप्पणीहरू