सांघाई सहयोग संगठन सदस्यसँगको व्यापारमा उल्लेखनीय वृद्धि
चीनको पूर्वी तटीय शहर छिङ्दाओमा रहेको चीन–सांघाई सहयोग संगठन (एससीओ) स्थानीय आर्थिक तथा व्यापार सहयोग डेमोन्स्ट्रेसन क्षेत्रले चालु वर्षको पहिलो सात महिनामा एससीओका अन्य सदस्य राष्ट्रहरूसँग ५३.२६ अर्ब युआन (करिब ७.४ अर्ब अमेरिकी डलर) बराबरको व्यापार गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा २६.१ प्रतिशतले बढी रहेको बताइन्छ ।
ती सदस्य राष्ट्रतर्फको निर्यात २६.८८ अर्ब युआन (करिब ३.७४ अर्ब अमेरिकी डलर) पुगेको छ । ती मुलुकबाट चीनले गरेको आयात २६.३८ अर्ब युआन (करिब ३.६७ अर्ब अमेरिकी डलर) पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ प्रतिशतले बढी हो ।
विशेषगरी मेसिनरी तथा इलेक्ट्रिकल वस्तुमध्ये फ्रिज र वाशिङ मेशिनको बिक्री १३.८ प्रतिशत बढेको छ भने कपडा र पोशाकको निर्यात २७.६ प्रतिशतले बढेको सिसिटिभी प्लसले जनाएको छ।
आयाततर्फ रूसको पूर्वी समुद्री किनारका शहरबाट सामुद्रिक खाद्य सामग्री र मध्य एसियाबाट सुकेका फलफूल (डइफ्ुट्स) तथा दुग्धजन्य उत्पादन मुख्य छन् । यसले घरेलु उपभोक्ताको व्यापक माग पूरा गर्न सहयोग पुर्याएको देखिन्छ । कृषिजन्य र खाद्य वस्तुहरूको आयातमध्ये फ्रोजन माछा र सुकेको खुर्सानी धेरै रहेको तथ्याङ्क छ । यस्तो आयातको रकम ८ अर्ब युआन (करिब १.११ अर्ब अमेरिकी डलर) नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.७ प्रतिशतले बढी हो ।
टिप्पणीहरू