सीमास्तम्भ निरीक्षणमा हातेमालो गर्दै सशस्त्र र चिनियाँ प्रहरी
सशस्त्र प्रहरी बल नेपाल र चिनियाँ प्रहरीले संखुवासभाको किमाथाङ्का नाका अवलोकन गरेका छन् । दुबै मुलुकले संयुक्त टोली बनाएर नेपाल–चीन सीमा स्तम्भहरूको निरीक्षण गरेका हुन् ।
संयुक्त टोलीले भोटखोला गाउँपालिका–१ अन्तर्गतका ५ वटा सीमा स्तम्भ (६६, ६७, ६८/२, ६९/१ र ६९/२) निरीक्षण र सरसफाइ गरेको सशस्त्र प्रहरी बल नम्बर ४ अरुण गुल्मले जनाएको छ । डिएसपी बाबुराम पौडेलका अनुसार टोलीमा सशस्त्र प्रहरी बलका सात जना,चिनियाँ पक्षबाट आठ जना र नेपाल प्रहरीका चार जना सहभागी थिए ।
संखुवासभामा २१ वटा सीमास्तम्भ छन् । तीमध्ये ७१/१ नम्बरको स्तम्भ गत जेठमा आएको बाढीले बगाएको थियोे ।
टिप्पणीहरू