पहिलेको त्यो तिब्बत, अहिलेको यो सिजाङ

पहिलेको त्यो तिब्बत, अहिलेको यो सिजाङ

सिजाङ स्वायत्त प्रदेश स्थापना भएको ६० वर्ष पुगेको छ । सो अवसरमा गतसाता प्रदेश राजधानी ल्हासामा चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङको प्रमुख आतिथ्यमा भव्य शुभारम्भ कार्यक्रम सम्पन्न गरिएको छ ।

समुद्री सतहबाट औसत ४ हजार मिटरको उचाइमा रहेको यो भूभागलाई विगतमा कुनै समय एकान्त पठार भनिन्थ्यो । मानव बस्ती कम रहेको ‘विश्वको छानो’ मानिने यही भूभागमा चीनले तीन आकाशे मार्ग निर्माण गरेर सिजाङको इतिहासमा ठूला परिवर्तन ल्याइदिएको छ ।

पुरानो समयमा तत्कालीन तिब्बतमा खच्चड र याक हिँड्ने बाटोबाहेक कुनै राजमार्ग थिएन । सन् १९५० देखि १९५४ को बीचमा सिचुआन–सिजाङ राजमार्ग र छिङहाइ–सिजाङ राजमार्ग बनेपछि त्यहाँका जनताको हजारौँ वर्ष लामो एकान्तबासको जीवन टुंगिएको थियो । चार हजार तीन सय किलोमिटर लामो यी दुई राजमार्गलाई ‘ तिब्बतमा सुख ल्याउने सुनौलो पुल’ भनिन्छ ।

त्यसपछि छिङहाइ–सिजाङ, सिचुआन–सिजाङ र न्गारी विद्युत् प्रसारण लाइन बनेपछि सिजाङमा विद्युत् आपूर्ति इतिहासमै पहिलोपटक पर्याप्त भएको हो । अहिले सिजाङबाट पूर्वको सिचुआन प्रदेशमा विद्युत् आपूर्ति हुँदै आएको छ । यसले स्वच्छ उर्जा प्रवाहको नीतिलाई टेवा दिएको छ ।

आज सिजाङमा द्रुत गतिको रेल सञ्चालनमा छन् । राजमार्गले एउटा गाउँदेखि अर्को गाउँलाई जोडेको छ । सबै शहरमा दूरसञ्चारको फाइभ जी सेवा पुगेको छ । हवाई सेवाले ‘एयर सिल्क रोड’ को स्वरूप पाएको छ ।

सडकदेखि बिजुली लाइन, सञ्चार सञ्जालदेखि आधुनिक यातायातसम्म—सिजाङले त्यो बेलाको एकान्त जीवनबाट आधुनिकताको यात्रालाई आत्मसात् गर्दै ‘विश्वको छानो’ मा नयाँ रूपरेखा कोरेको छ।

स्रोतः चाइना न्युज नेटवर्क ।

टिप्पणीहरू