धनगढीमा आधा करोडको अवैध मोबाइल पार्ट्स

धनगढीमा आधा करोडको अवैध मोबाइल पार्ट्स

कैलालीको धनगढीमा भारतबाट चोरी पैठारी गरेर लुकाइएको ठूलो परिमाणमा मोबाइल पार्ट्स फेला परेको छ । धनगढी उपमहानरपालिका–१९ फूलबारी गाउँस्थित एक घरबाट सशस्त्र प्रहरी बलको टोलीले झण्डै ६० लाख रुपैयाँका अवैध मोबाइल पार्ट्स जफत गरेको छ ।

नम्बर ३४ गण कैलालीले ५९ लाख १३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाइल पाट्र्स बरामद गरेपछि सट्टी भन्सार कार्यालय टीकापुरमा बुझाएको हो ।

टिप्पणीहरू