केन्द्रीय समिति बैठक रोकियो, केन्द्रीय सचिवालय डाकियो

केन्द्रीय समिति बैठक रोकियो, केन्द्रीय सचिवालय डाकियो फाइल फाेटाे

एमालेले केन्द्रीय सचिवालय बैठक डाकेको छ । दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र संगठनात्मक प्रतिवेदनमाथि छलफल गर्न लागिएको छ ।

प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले तीनवटै प्रतिवेदन पारित गरेपछि भोलिदेखि हुने विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणबाट गएराति फर्केपछि आज सचिवालय बैठक राखिएको हो । यसअघि १३ गते डाकिएको केन्द्रीय समिति बैठक एकाएक स्थगित गरिएको थियो ।

विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गर्ने बताइएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भोलिदेखि हुने महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्यसहित जम्मा दुई हजार ३५० जना सहभागी हुने जानकारी दिइएको छ ।
 

टिप्पणीहरू