रास्वपाको भाइबर एकाउन्ट फेसबुकबाट सार्वजनिक
सामाजिक सञ्जालको प्रयाेग र लोकप्रियताबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भाइबर अकाउण्ट सार्वजनिक गरेको छ ।
सरकारले नेपालमा दर्ता नभएका फेसबुक, इन्स्टाग्राम, ट्वीटर, वाट्सएप, गुगलसहित २६ सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेलगत्तै रवि लामिछाने नेतृत्वको सो पार्टीले भाइबर अकाउण्टको क्यूआर सार्वजनिक गरेको हो ।
फेसबुकसहितका सामाजिक सञ्जालहरु बन्द भएमा रास्वपालाई नोक्सानी हुने कतिपयको अनुमान छ । सामाजिक सञ्जालमा स्टाटस लेखेर चर्चामा आउने पार्टीका नेताहरुलाई ठूलो असर पुर्याउने देखिन्छ ।
त्यसकरणले होला रास्वपाले फेसबुकबाट भाइबर अकाउन्ट सार्वजनिक गर्दै सांकेतिक विरोध गरेको छ । आज संसदमा पनि सो पार्टीका सांसद अशोक चौधरीले सामाजिक सञ्जाल बन्द हैन व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए ।
सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयबारे अन्य राजनीतिक दलले भने अहिलेसम्म खासै प्रतिक्रिया दिएका छैनन् ।
टिप्पणीहरू