राष्ट्रपतिको घर जल्यो, रहेन बाँस्कोटा र महेशको निवास

राष्ट्रपतिको घर जल्यो, रहेन बाँस्कोटा र महेशको निवास

राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी गरिएको छ । हिजोदेखि आन्दोलनमा उत्रिएका युवाहरुले आज बालाजु बोहोराटरस्थित पौडेलको घरमा आगो लगाएका हुन् । 

त्यस्तै, युवाहरुले तारकेश्वरको प्रहरी चौकी र वडा कार्यालयमा पनि आगजनी गरेका छन् ।  उता एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाको घरमा युवाहरुले आगजनी गरेका छन् । उनीहरुले लोकन्थलीस्थित उनको घरमा आगो लगाएका हुन् । 

जिल्ला प्रशासन कार्यालयले बिहानैदेखि कफ्र्यू जारी गरे पनि युवाहरुले प्रदर्शन जारी राख्दै महेश बस्नेतको घरमा पनि आगो झोसेका हुन् ।
 

टिप्पणीहरू