सुशीलाको नाममा होहल्ला,जेनजीमा फरक स्वर

सुशीलाको नाममा होहल्ला,जेनजीमा फरक स्वर

अन्तरिम सरकार गठनको तयारी भइरहँदा आफूलाई असली जेन-जी दावी गर्दै युवाहरू विभिन्न समूहमा विभक्त भएका छन् । 

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नेबारे सैनिक मुख्यालयभित्र छलफल भैरहँदा जंगीअड्डाको गेटबाहिर एउटा समूह विरोधमा उत्रिएको छ । ‘सुशीला कार्की हामीलाई मान्य छैन’ भन्दै युवाहरुले चर्को आवाज गरिरहेका छन् । 

जेन-जीकै अर्को समूह सुन्धारामा भेला भएको छ । नेपाल अन्तरिम सरकार गठनको तयारी भइरहँदा आफूलाई असली जेन-जी दावी गर्दै युवाहरू विभिन्न समूहमा विभक्त भएका छन् । 

पूर्व प्रधानन्यायाधी सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नेबारे सैनिक मुख्यालयभित्र छलफल भैरहँदा जंगीअड्डाको गेटबाहिर एउटा समूह विरोधमा उत्रिएको छ । ‘सुशिला कार्की हामीलाई मान्य छैन’ भन्दै युवाहरु होहल्ला गरिरहेका छन् । 

जेन-जीकै अर्को समूह सुन्धारामा भेला भएको छ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ वा धरान उपमहानगरका मेयर हर्कराज सम्पाङको नेतृत्वमा सरकार बनाउनुपर्ने उनीहरुको माग छ ।  यो समूहले पनि सुशिला कार्कीलाई मान्ने देखिंदैन । 

तेस्रो समूहले भने अहिले ऋषि धमलाको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरिरहेको छ । ‘हामी नेपाल’ नामक संस्थाका सुदन गुरुङसहितका युवाहरु पत्रकार सम्मेलनमा देखिएका छन् ।

उनीहरुले आन्दोलनमा राजनीतिक दलहरुले घुसपैठ गरेको दावी गरेका छन् । एक युवाले भनेका छन्, ‘हामी शेरबहादुर देउवालाई सकुशल निकाल्न चाहन्थ्यौँ,तर राजनीतिक दलका मान्छेले घुसपैठ गरेर हिंसा मच्चाए ।’

टिप्पणीहरू