‘बा’ द्वारा टिपिएका अध्यक्षको फोटो झर्यामझुरुम्
नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाको फोटो फुटाइएको छ । अखिल केन्द्रीय कार्यालयमा आज केही पदाधिकारी तथा सदस्यले उनको फोटो भित्ताबाट झिकेर नेमप्लेट पनि जलाएका छन् ।
कडरियाले जेन–जीको आन्दोलन थालिएपछि २३ गते नै पदत्यागको घोषणा गरी आन्दोलन शान्त भएपछि राजीनामा फिर्ता लिएको घोषणा गरे ।
कडरियाले भनेका थिए, ‘ज्यान जाने डरले मात्रै राजीनामा दिएको हुँ।’ अनेरास्ववियुका नेता–कार्यकर्ताले पूर्वअध्यक्षको सूचीबाट कडरियाको नाम हटाउनुपर्ने बताएका छन् । उनलाई एमाले अध्यक्ष तथा गत मंगलबारदेखि बेपत्ता निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा प्रकाश पौडेलभन्दा ७ मत बढी दिलाएर अध्यक्ष बनाइएको थियो ।
टिप्पणीहरू