जेन–जीका घाइते धाउन थाले मन्त्रीहरूकोमा
जेन–जी घाइतेहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई हिजो सिंहदरबार पुगेर भेटेका छन् । अस्ति सिंहदरबार गए पनि गृहमन्त्री र प्रधानमन्त्री दुवैसँग भेट हुन नसकेपछि उनीहरु हिजो पुनः पुगेका थिए ।
दश जनाको संख्यामा रहेका उनीहरुले गृहमन्त्री अर्यालसमक्ष आफूहरुको माग सुनाएको बुझिएको छ । घाइते अनिल बानियाँ,भोजविक्रम थापा,कमल सुवेदी, मिलन लामा,मुकुन्द श्रेष्ठ,रसिला खतिवडा,प्रकाश खड्का,रोशन गौतम, दिपक चौधरी र सरजु कोइराला सिंहदरबार टोलीमा थिए ।
उनीहरुलाई भेट्नुअघि गृहमन्त्री अर्यालले काठमाडौंको माइतीघर मण्डलामा केही दिनयता धर्नारत सरिश्मा थापासँग भेटे । उदयपुर घर भई कालिमाटी बस्ने सरिश्माले अन्तरिम सरकारका प्रधानमन्त्रीले शपथ खाएको भोलिपल्ट भदौ २८ गते माइतीघर मण्डलाको विस्तारित सडकखण्डमा धर्ना शुरु गरेकी थिइन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले कार्यपालिका बैठक लाइभ गरेजस्तै क्याबिनेट बैठक पनि प्रत्यक्ष प्रशारण हुनुपर्ने भन्दै उनी पारदर्शिताको संकेत दिने गोलो सिसा हातमा लिएर धर्नामा बसेकी थिइन् । धर्नारत उनले हिजो गृहमन्त्री अर्याललाई भेटेर आफ्नो माग सुनाएकी हुन् ।
टिप्पणीहरू