माओवादी बैठकमा बोल्न पाउनुपर्ने माग
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवम् संगठनात्मक प्रस्ताव राखेका छन् । केन्द्रीय कमिटी विघटन गरी आयोजक कमिटी बनाएर विशेष महाधिवेशनमा जाने प्रचण्डको प्रस्ताव छ ।
त्यसअघि सबै केन्द्रीय सदस्यले बोल्न पाउनुपर्ने भन्दै बैठकमा केहीबेर हल्लाखल्ला भएको थियो । पदाधिकारी र समूहका नेताले मात्रै धारणा राख्ने कार्यसूचीबारे महासचिव देव गुरुङले हललाई जानकारी गराएपछि रंजित तामाङ, सुदन किराती लगायतले आपत्ति जनाएपछि हल्ला भएको हो ।
टिप्पणीहरू